‎मुख्यमन्त्री पैदल हिँडेर जनाए सरकारी मितव्ययिता र स्वस्थ जीवनशैलीको सन्देश‎

FB_IMG_1778853288294

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको मितव्ययिता अपनाउन तथा जिम्मेवार शासन प्रवर्द्धन गर्ने आह्वानलाई समर्थन गर्दै शुक्रबार मिन्तोकगाङदेखि मानन केन्द्रसम्म पैदल हिँडेर सरकारी कार्यक्रममा सहभागिता जनाएका छन्।
‎मुख्यमन्त्री तामाङले यस कदममार्फत सरकारी स्रोत–साधनको प्रभावकारी उपयोग, इन्धनको संयमित खपत तथा सरकारी अधिकारी एवं संस्थाहरूमा स्वास्थ्य, दिगोपन र अनुशासनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताएका छन्।
‎उनले पैदल हिँड्नुले स्रोतको बचत मात्र नभई स्वस्थ, तन्दुरुस्त र खुशी सिक्किम निर्माणमा पनि योगदान पुग्ने उल्लेख गरेका छन्।

About Author

Advertisement