मुख्यमन्त्री पीएस गोलेद्वारा नाम्ची सेरड्रुप छोइलिङ गुम्बाको दर्शन

IMG-20221223-WA0346.jpg

नाम्ची। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्चीस्थित सेरड्रुप छोइलिङ गुम्बाको दर्शन गरे। यस अवधि उनीसँग उनकी धर्मपत्नी श्रीमती कृष्ण राई साथमा थिइन्। उनीहरूलाई सेरड्रुप डुङजिङ रिम्पोछेद्वारा गुम्बामा न्यानो स्वागत जनाइयो। गुम्बाको दर्शनको क्रममा मुख्यमन्त्री तामाङ अनि उनकी धर्मपत्नी श्रीमती कृष्ण राईले पूजा अर्चना गर्दै सिक्किम अनि सिक्किमेली जनसमुदायको शान्ति, समृद्धिको कामना गरे।उनीहरू दुवैले सेरड्रुप डुङजिङ रिम्पोछेबाट आशीर्वाद लिए। मुख्यमन्त्री तामाङलाई रिम्पोछेद्वारा स्मृति भेट प्रदान गरियो।

About Author

Advertisement