अखिल किराँत राई संघ सिक्किमको समन्वय बैठक

IMG-20221223-WA0347.jpg

गान्तोक। अखिल किराँत राई संघ, सिक्किम केन्द्रिय कार्यकारिणी तदर्थ समितिको तेस्रो समन्वय सभा पाँच माइल लुम्सेस्थित संस्थाको मुख्यालय राई खिममा अध्यक्ष मोहन दुङमालीको सभापतित्वमा सम्पन्न भयो। सभामा संघका महासचिव जेपी राई, मुलसचिव आरके वालिङ, सल्लाहकार डिके राई, पीएम चामलिङ, प्रचार सचिव बिष्णु चामलिङ लगायत अन्य पदाधिकारीगणको विशेष उपस्थिति रहेको थियो। सभामा करिब १० वटा मुख्य एजेन्डामाथि विस्तृत रुपमा वहश गरि विभिन्न प्रस्तावहरु सर्वसम्मतिले ग्रहण गरियो। यसमध्ये संस्थाको मुख्यालय राई खिमको विधिवत उद्घाटन गरी संगठनलाई समर्पण गरिदिएकोमा साथै राज्य स्तरीय साकेवा समारोहसँगै दलपचन्द माङखिमको आधारशिला राखिदिएकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरियो। एवं रितले ब्लक र जिल्ला समितिहरुको पुनः गठन गर्ने प्रक्रिया आउँदो ३१ जनवरी, २०२३ सम्ममा पूरा गर्ने निधो गरियो भने ब्लक समिति पुनः गठन सभामा नै सदस्यता विस्तारको निम्ति सदस्यता आवेदन फारम र रसिद बुक दिने निश्चित गरियो।
आजको सभामा केन्द्रिय समितिको कोषाध्यक्ष वसन्त राईको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उनको राजीनामा पत्र ग्रहण गरी समशेर बोखिमलाई नयाँ कोषाध्यक्ष पदमा मनोनित गरियो। यस्तै प्रकारले राई खिम लुम्सेको प्रबन्धन समिति, अन्तर्राष्ट्रिय किराँत राई भाषा तगा सांस्कृतिक शोध केन्द्र राङ्काको विधान मस्यौदा समिति, राई कस्टमरी लाव मस्यौदा समिति आदि पनि गठन गरिये।
सभालाई महासचिव जेपी राई, अध्यक्ष मोहन दुङमाली आदिले सम्बोधन गर्दै सिक्किम राज्यभित्र निर्मित अनि निर्माणाधीन सबै राई जातिका भवन, माङखिमहरुको दस्तावेजीकरण गरी संस्थाको सम्पदाको रुपमा एकीकृत गर्ने बिषयमा पहल गरिने विचार पोखे। मुल सचिव आर.के. वालिङको धन्यवाद ज्ञापन पछि सभा समाप्त गरियो।

About Author

Advertisement