मुख्यमन्त्रीले उल्लेखनीय उपलब्धीको निम्ति ‘तारा: द लस्ट स्टार’ का सम्पूर्ण टोलीलाई बधाई दिए

n61061705817163166667241c6d7086bcb032576010657c88318992afa9b8a1183885f8edf81a6a1c76b6b8.jpg

गान्तोक:  मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘तारा: द लस्ट स्टार’ फिल्मको सम्पूर्ण टोलीलाई उल्लेखनीय उपलब्धीको निम्ति बधाई दिएका छन्। यस अविश्वसनीय फिल्मका साथै सिक्किमले प्रतिष्ठित कान्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२४ मा शुरूवात गरेको उनले बताएका छन्।

मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा हिजो सम्पन्न भएको स्क्रिनिङमा श्यामाश्री शेर्पाले सिक्किम र फिल्मको प्रतिनिधित्व गरेको जानकारी गराउॅंदै फिल्मले विश्वभरिका कलाकार र प्रतिष्ठित व्यक्तिहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको बताएका छन्। उनले भनेका छन्, कान्स फेस्टिभल २०२४ मा प्रदर्शनका लागि हाम्रो फिल्मको छनोटले विश्वव्यापी मञ्चमा क्षेत्रीय सिनेमाको बढ्दो पहिचानलाई दर्साउॅंछ।

मुख्यमन्त्रीले निर्देशक, निर्माता र यस चलचित्रको उत्कृष्ट कृतिलाई जीवन्त बनाउन संलग्न सबैको प्रशंसा गरेका छन्। उनले सादा प्रोडक्सन र पासाङ मिन्टोक फिल्म्सको लगनशीलता, समर्पण र दूरदृष्टिको लागि पनि प्रशंसा गरेका छन्। उनले यो महत्त्वपूर्ण अवसर मनाउन र स्थानीय फिल्म निर्माताहरूप्रति समर्थन गर्न जारी राख्न आह्वान पनि गरेका छन्।

About Author

Advertisement