गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको मतगणना प्रक्रियालाई लिएर गान्तोकस्थित बुर्तुकको एससीइआरटी प्रेक्षागृहमा एक कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारले गरेका थिए भने सो अवसरमा अतिरिक्त जिल्लापाल मिलन राई, अतिरिक्त पुलिस अधिक लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य र लक्ष्य गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम लिधानसभा र लोकसभाको निम्ति खडा भएका उम्मेदवार साथै एजेन्टहरूलाई लिएर मतगणना प्रक्रिया सम्वन्धी जानकारी गराउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले राज्यका राजनीतिक दलहरूले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गरे। उनले विशेष गरेर आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना प्रक्रियालाई प्राथमिकता दिँदै मतगणनाको निम्ति सबै प्रकारको व्यवस्था गरिएको जानकारी गराए। उनले थप जानकारी गराए अनुसार जिल्ला प्रशासनिक केन्द्रमा स्थापित गरिएको इटीपीबीएस कक्ष बिहानको ४:३० बजी खोलिने छ।सोही प्रकारले पोस्टल व्यालेट र इभीएम राखिएको स्ट्रङ रूम बिहानको ५ बजी खोलिने जानकारी गराए।









