मुख्यमन्त्रीद्वारा मणिपालमा एमबीबीएस अध्ययनरत दुई जेहेन्दार छात्रालाई सहयोग

photocollage_20269118253633

गान्ताेक: ​सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) ले मणिपालमा एमबीबीएस अध्ययन गरिरहेका दुई जेहेन्दार विद्यार्थीहरूलाई भेटेर आर्थिक तथा शैक्षिक सहयोग प्रदान गर्नुभएको छ।
​सहयोग पाउने छात्राहरूमा डेन्ताम निवासी श्री हरिसुन्दर पौड्यालकी छोरी आकृति पौड्याल र सामदोङ खेसे निवासी श्री डिल्लीराम नेपालकी छोरी अयोस्मिता नेपाल रहेका छन्।
​मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै दुवै छात्रालाई बधाई तथा निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले उनीहरूले शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना आकाङ्क्षाहरू पूरा गरून् र उज्ज्वल भविष्य निर्माण गरून् भन्ने कामना गर्नुभएको छ।

About Author

Advertisement