लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा

IMG-20260901-WA0051

नयाँ दिल्ली: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। मेस्सीको कप्तानीमा अर्जेण्टिनाले २०२२ फिफा विश्व कपको खिताब जितेको थियो। यस साल पनि अर्जेण्टिनाले उनकै कप्तानीमा विश्व कपमा खेल्दै फाइनलमा स्थान बनाएको थियो, जहाँ टोलीले स्पेनविरुद्ध १-०-ले हारको सामना गर्नु परेको थियो। ३९ वर्षीय मेस्सीले सोशल मीडियामा लामो पोस्टको माध्यमले सन्न्यासको घोषणा गरेका छन्। मेस्सीले आफ्नो स्वर्णिम करियरमा अर्जेण्टिनाको निम्ति ६ वटा विश्व कप खेले। फिफा विश्व कप २०२६-को फाइनल मेस्सीको अन्तर्राष्ट्रिय फूटबलमा अन्तिम म्याच रह्यो। मेस्सीको अर्जेण्टिनाको निम्ति २०७ वटा म्याच खेलेर १२५ गोल गरे। यसको साथमा उनको नाममा ६८ वटा असिस्ट (गोल गर्नमा सहायता) पनि रहेको छ। उनले अर्जेण्टिनालाई एकपल्ट विश्व कप र दुईपल्ट कोपा अमेरिकी च्याम्पियन बनाउनमा सहायता गरे। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गर्दै मेस्सीले यस फसेलाले उनलाई दुःख लाग्ने तर सही समय आएको पनि उनलाई थाहा भएको बताएका छन्। मेस्सीले सोशल मीडियामा लेखेका छन्, फाइनलपछि यति समय बितेपछि अनि यसबारे धेरै सोचविचार गरेपछि म सबैलाई बताउन चाहन्छु कि म राष्ट्रिय टोलीबाट सन्न्यास लिइरहेको छु। यो एउटा यस्तो फसेला हो जसले मलाई दुःख लागिरहेको छ तर मेरो विचारमा यही सही समय हो। मैले सदा आफ्नो सबैथोक दिएँ। यो केवल अहिलेको कुरा होइन जब हामीले सबैथोक जित्यौं तर त्यसभन्दा पहिला पनि। तपाईंहरूलाई खुशी दिन अनि फूटबलको माध्यमले अर्जेण्टिनाई भएकोमा गर्व बोध गराउन मैले सदा यस जर्सीको निम्ति संघर्ष गरे अनि आफ्नो सबैथोक दिएँ।
मेस्सीले अझ लेखेका छन्, अब अधिक समय बाँचेको छैन अनि जीवनको अलग-अलग अध्याय समाप्त भइरहेको छ। यो एउटा यस्तो अध्याय हो जसले मलाई दुःख दिन्छ। मलाई राष्ट्रिय टोलीको हिस्सा रहन मन पर्छ, पर्थ्यो अनि सदा मन पर्नेछ। मैले आफ्नो सबैथोक दिएँ अनि अहिले मसँग दिनको निम्ति केही बाँचेको छैन। यसबाहेक धेरै असाधारण युवा खेलाड़ीहरू आइरहेका छन्, जो टोलीमा सामेल हुने हकदार छन्। यी २० सालहरूमा प्राप्त भएको अपार मायाको निम्ति धन्यवाद। मलाई मैदानभित्र तपाईंहरूको आवाज सुन्न पाएको सदा याद रहनेछ। अब म तपाईंहरू झैं एकजना बन्नेछु अनि सदा बाहिरबाट टोलीको समर्थन गर्नेछु। असल समयमा अनि खराब समयमा त अझ धेर। मेस्सीले कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, सदा साथ रहेकोमा अनि यस सुन्दर तर मुश्किल यात्रामा मसँग सदा उभिएकोमा मेरो परिवारलाई धन्यवाद। म ती सबै प्रशिक्षक र टोलीका साथी खेलाड़ीहरूलाई धन्यवाद दिन चाहन्छु, जसको साथमा मैले यस यात्रालाई तय गर्ने मौका पाएँ। म आफूसँग कहिले भुल्न नसक्ने यादहरू लिएर गइरहेको छु। म गर्वको साथ बिदा लिइरहेको छु। मैले आफ्ना साथीहरूसँग मिलेर तपाईंहरूलाई त्यो क्षण दिन सके, जसको हामीले एक समय सपना देखेका थियौं। तपाईंहरूसँग यो सब अनुभव गर्नु अद्भूत रह्यो। म तपाईंहरू सबैलाई माया गर्छु। मलाई अर्जेण्टिनाको नागरिक बनाएकोमा भगवानलाई धन्यवाद। भामोस अर्जेण्टिना। मैले यी शब्दहरू २१ जुलाईमा लेखेको थिएँ, फाइनलको २ दिन पछि। उल्लेखनीय छ, मेस्सीले २००५-मा केवल १८ वर्षको उमेरमा अर्जेण्टिना सीनियर टोलीबाट पदार्पण गरेका थिए। यसरी उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल २००६-मा क्रोएशियाविरुद्ध मैत्री म्याचमा गरेका थिए। मेस्सीको अन्तर्राष्ट्रिय करियरमा विराम लागे पनि उनले इण्टर मियामीसँग क्लब फूटबल खेल्न जारी राख्नेछन्। मेजर लीग सकरको क्लबसँग उनको २०२८-सम्मको अनुबन्ध रहेको छ।

About Author

Advertisement