मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको सिक्किम भ्रमण तयारीको उच्चस्तरीय समीक्षा

FB_IMG_1777138139153

गान्तोक: आगामी प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई मध्यनजर गर्दै राज्य सरकारद्वारा व्यापक तयारीहरूको उच्चस्तरीय समीक्षा गरियो। उक्त समीक्षामा सांसद सम्बित पात्र, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, राजनीतिक सचिवहरू, मुख्य सचिव, प्रहरी महानिरीक्षक, विभिन्न विभागका सचिवहरू तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति रह्यो।
समीक्षा क्रममा तोकिएका कार्यक्रमस्थलहरूको विस्तृत निरीक्षण गरियो। भ्रमण सफलतापूर्वक सम्पन्न गराउन आवश्यक सम्पूर्ण व्यवस्थाहरू सुदृढ बनाउने तथा विभागहरूबीच प्रभावकारी समन्वय कायम गर्ने विषयमा विशेष जोड दिइयो।

मुख्यमन्त्रीले सबै निकायलाई उच्च सतर्कता अपनाउँदै जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिए। उनले भ्रमणलाई सुव्यवस्थित र सफल बनाउन कुनै कमी हुन नदिन सम्बन्धित पक्षहरूलाई सचेत गराए।

About Author

Advertisement