गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमांगले
त्रिपुराका पूर्व मुख्यमन्त्री तथा वर्तमान लोकसभा सांसद श्री बिप्लव कुमार देव र उनकी धर्मपत्नीलाई आफ्नो सरकारी निवासमा भव्य स्वागत गर्नुभएको छ।
एक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त भेटघाटमा उहाँहरूबीच आपसी हितका विविध विषयहरूमा फलदायी छलफल र विचार आदानप्रदान भएको थियो।
मुख्यमन्त्रीले यस भेटप्रति खुसी व्यक्त गर्दै श्री बिप्लव कुमार देवलाई जनता र राष्ट्रको निरन्तर सेवाका लागि हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ।









