मुख्यमन्त्रीको अध्यक्षतामा एसआईसीबी शासकीय बोर्डको पाँचौँ बैठक सम्पन्न

FB_IMG_1788460116837

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ (एसआईसीबी) को शासकीय बोर्डको पाँचौँ बैठकको अध्यक्षता गर्नुभयो। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ।
​बैठकमा संस्थाको स्थापना भएदेखि हालसम्मको भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजनाका साथै क्षमता अभिवृद्धि र सीप विकासलाई थप सुदृढ बनाउन विभिन्न सीप विकास कार्यक्रमहरूलाई एकीकृत गर्ने विषयमा पनि छलफल भयो।
​मुख्यमन्त्री तामाङले बैठकमा भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभयो। उहाँले सिक्किममा क्षमता अभिवृद्धि तथा सीप विकासको प्रमुख संस्थाका रूपमा एसआईसीबीको भूमिकालाई थप प्रभावकारी बनाउन लक्षित र परिणाममुखी प्रयासको आवश्यकता रहेकोमा जोड दिनुभयो।


​सिक्किममा संस्थागत क्षमता सुदृढ गर्ने, सीपमार्फत युवाहरूलाई सशक्त बनाउने तथा सिकाइ, विकास र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने प्रतिबद्धतालाई बैठकमा पुनः दोहोर्‍याइएको मुख्यमन्त्री तामाङले उल्लेख गर्नुभएको छ।

About Author

Advertisement