‘मिस स्कार्लेट’ कान्तिपुर सिनेमाजमा रिलिज

Miss-Scarlet-Streaming-now

टीआरआई समाचार

काठमाडौं: गत महिना १६ अक्टोबरमा घोषणा गरेर शुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ। कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, नेपाली फिक्सन र लभ सुत्र सिनेमाजले वल्र्डवाईड ओटिटी रिलिज गरिरहेको छ। यो सँगै आजबाट कान्तिपुर सिनेमाजले आफ्नो निर्माण रहेको ओरिजीनल साइकोलोजिकल फेन्टासी सिरिज मिस स्कार्लेटको स्ट्रिमीङ्ग शुरु गरेको छ। 

गत वर्षको माघबाट वीरगन्ज देखी  छायांकन शुरुवात गरेको मिस स्कार्लेटको वीरगन्ज र काठमाण्डौमा २७ दिन लगाएर छायांकान भएको हो। पहिलो सिजनमा ४ एपिसोड हुने बताइएको मिस स्कार्लेटको एउटा एपिसोड ३५ देखी ४० मिनेटको हुनेछ। केही महिना अगाडी सिरिजले हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा सार्वजनिक गरेको टिजर र ट्रेलरलाई दर्शक र चलचित्रकर्मीले राम्रो प्रतिक्रिया दिएका थिए। सिरिजलाई बलिराम चौहानले निर्देशन गरेका हुन भने यसका कृयटिभ प्रोड्युशर प्रकाश पुरी हुन्। सिरिजको टिजर, ट्रेलर र कलाकार र टेक्निसीयनको लाईनअप हेर्दा नेपालमा बन्ने सिरियल र सिरिज भन्दा धेरै स्तरीय बनेको अनुमान लगाउन सकिन्छ। टलकजंग भर्सेस टुल्के फेम्ड सिनेमाटोग्राफर शेर बहादुर तामाङले खिचेको सिरिजमा चर्चित म्युजिकल ग्रुप नोवेल फ्रिक्सले म्युजिक दिएका छन् ।

टिजरबाटै अभिनय र भ्वाइसको तारिफ पाएका नव अभिनेता कुल श्रेष्ठ कमलको काम दमदार देखिएको छ। सिरिजमा टाइटल रोलमा गित बिष्ट सँगै आलीशा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, अर्नव घिमिरे, दिलीप नेपाली, रोज खत्री लगायतको अभिनय रहेको छ। यो सिरिजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ तिरेर हेर्न पाउनेछन्। नेपाली रुपियाँ २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछि दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरिजहरू एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिइओ तथा मिस स्कार्लेटका कृयटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए। 

About Author

Advertisement