कोलकाताको चान्दनी मार्केटमा आगलागी

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको विख्यात चान्दनी चौक मार्केटमा शनिवार ठूलो आगो लागेको छ। कोलकाता पुलिस अनुसार, बिहानको समय ९ नम्बर मेडन स्ट्रीट स्थित एक इलेक्ट्रोनिक दोकानबाट आगो र धुआँ निस्केको देखेर स्थानीय मानिसहरूले अग्निशमन विभागलाई सूचना दिए। तुरन्तै घटनास्थलमा अग्निशमन विभागको पाँच वटा गाड़ी पुग्यो।

आगो छेवैको दोकानहरूमा नफैलिओस् यसको निम्ति तुरन्तै चारैतिर पानी हाल्ने काम शुरू गरिएको थियो। क्षेत्रलाई खाली गराउनका लागि पुलिसले माइकिङ गऱ्यो र वरिपरिका दोकानहरूलाई बन्द गरायो। घटनामा कोही हताहत भएको सूचना छैन तर लाखौं रूपियाँको नोकसान भएको खबर छ।

आगो लागेको कारण स्पष्ट छैन। उल्लेख्य, शुक्रवार पनि हाव़ड़ा जिल्लाको फरशोर रोडमा एउटा प्लास्टिकको गोदाममा आगो लागेको थियो। यसअघि चान्दनी चौक मार्केटमा पनि सेप्टेम्बर महिनामा आगो लागेको थियो।

-हिस

About Author

Advertisement