मिरिक युसिएनआइ चर्चको हिरक महोत्सव समारोह सम्पन्न

23-21-48-MIR.jpg

मिरिक: मिरिक चर्च (युसीएनआई) ले आज हिरक महोत्सव सम्पन्न गयो। यस चर्चको मण्डलीको शुरुवात भएको ७५ वर्ष पुरा भएको छ भने चर्चको मण्डली भवन निर्माण भएको ६० वर्ष भएको छ। प्रार्थना, स्वागत अनि खदार्पण गरेपछि शुरू भएको महोत्सवमा स्वागत गीत मिरिक मण्डलीले प्रस्तुत गरे। एल्डर निमन घलेले मिरिक मण्डलीको संक्षिप्त इतिहास बारे जानकारी गराए। महोत्सव समितका सचिव वसन्त थापाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै हिरक महोत्सव अन्तर्गत वर्षब्यापी कार्यक्रम गरिएको जानकारी गराउँदै यस महोत्सव अन्तर्गत सेवा कार्य, प्रचार कार्य, स्वास्थ जाँच शिविर, सफाई अभियान, वृक्ष रोपन आदि जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताए। तिनले महोत्सवको थिम पद चिन्ह रहेको बताउँदै महोत्सव अन्तर्गत आउने महिना स्वास्थ्य जाँच शिविर राखिने जानकारी गराए। यसको साथै मण्डलीको एउटा स्मारिका पनि चाँडै प्रकाशित गरिने तिनले बताए यस अवसरमा एल्डरहरू विनोद राई, रोबर्ट लेप्चा र निमन घलेलाई अभिनन्दन पनि जनाइयो। कार्यक्रममा रेभरेन डेविड थापाले बाइबल पाठ गरे भने रेभरेन सुदान छिरिङ लेप्चाले प्रभुको प्रवचन प्रस्तुत गरे। रेभरेन एसटी लेप्चाले आर्शिवाद वचन प्रस्तुत गरे भने कार्यक्रममा गीतहरू पनि प्रस्तुत गरियो कार्यक्रममा मुख्य अतिथिका रूपमा रेभरेन सुदान लेप्चा उपस्थित थिए।

About Author

Advertisement