आजदेखि मङ्पु वार्षिक दिपावली खेलकुद शुरू

23-24-00-MAN-3.jpg

मङ्पू: प्रतिवर्ष जस्तै यस वर्ष पनि भाई टीकाको भोलिपल्ट अनि पर्सिपल्ट दुईदिन लाग्ने मङपु वार्षिक दिपवाली खेलकुद आजदेखि विविध रंगारंग कार्यक्रमहरूको साथमा सुरू भएको छ। यस कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रूपमा जीटीएका प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। मङ्पू खेलकुद संघको आयोजनामा दुई दिवसीय वार्षिक खेलकुद समारोहको प्रथम दिन आज शुक्रबार अन्तर विभागीय खेलकुद प्रतियोगिता सम्पन्न भयो स्थानीय विभिन्न स्कुलका नानीहरुले मार्चपास तथा परेड प्रतियोगिता अनि ड्रील प्रदर्शन गरे।यसैगरी दोस्रो दिन भोली शनिवार अन्तर विभागीय खेलकुद प्रतियोगिता अनि सिङगी नृत्य (पाक डान्स) साथै केटीहरु माझ खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न हुने भएको छ। उक्त दुई दिवासीय वार्षिक खेलकुद प्रतियोगितामा मङपु फोटोग्राफी सोसाइटीको फोटो प्रदर्शनी पनि राखिएको छ। दुई दिवासीय वार्षिक खलकुदसँगै भव्य मेलाको पनि आयोजना गरिएको छ। आगामी ३० अक्टोबरको दिन उक्त मङ्पू खेलकुद मैदानमा म फुटबल गोल्ड कप प्रतियोगिताको फाइनल खेला आमुक्त परिवार सिलगढी बनाम दार्जिलिङ पुलिसमाझ भिडन्त हुने भएको छ।

About Author

Advertisement