मिरिकमा अल कन्ट्राक्चुवल इम्प्लोइज एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न

10980632-fe7a-4177-a649-ba785eb4b605

मिरिक (६ सेप्टेम्बर): अल कन्ट्राक्चुवल इम्प्लोइज एसोसिएसनको तेस्रो अधिवेशन आज मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। अधिवेशनमा एसोसिएसनका केन्द्रीय प्रतिनिधिहरु साथै सदस्यहरुको उपस्थिति रहेको थियो। अधिवेशन अवधि कन्ट्राक्चुवल कर्मचारीहरुले भोग्न परिरहेको विभिन्न समस्याहरुमाथि हालको राज्य सरकार अनि सांसद राजु विष्टले उठाइरहेको पदक्षेप बारे चर्चा गरियो। यस अवसरमा बोल्दै एसोसिएसनका अध्यक्ष सञ्जित तामाङले कर्मचारीहरुको हितमा सांसद राजु विष्टले कार्य गरिरहेको तथा आफुहरु आशावादी रहेको बताए। अधिवेशनपछि पत्रकारहरुसित कुराकानी गर्दै एसोसिएसनका उपाध्यक्ष उदिप राईले यसपल्ट आफुहरुको माग पूर्ण हुने आशा व्यक्त गरेका छन्। उनले राज्य सरकारको समान कार्य समान वेतनको नीति लागू हुने आशा जताए। यसका साथै विगतको सरकारलेभन्दा हालको सरकारले कर्मचारीहरुको वेतनसित सम्बन्धित समस्यालाई तत्काल समाधान गरेको भन्दै यसपल्ट आफ्नो मागहरु पूरा हुने निश्चित रहेको उनले बताए। उनले विगतको सरकार अवधि पाउनु पर्ने वेतन धेरै महिनासम्म थाँतीमा रहने गरेको सत्यको उल्लेख गर्दै यसपल्ट सांसद राजु विष्ट अनि राज्य सरकारले वेतन समयमा नै भुक्तान गरेको तथ्यको मध्यनजर यसपल्ट आशावादी हुने आधार बलियो भएको बताए। कार्यक्रमको सञ्चालन सविना गिरीले गरेका थिए।

About Author

Advertisement