मिथुन चक्रवर्तीले ४ जनवरीमा खरसाङको जनसभालाई सम्बोधन गर्ने

IMG-20260102-WA0090

खरसाङ: बलिवुड अभिनेता तथा भारतीय जनता पार्टीको शीर्ष नेता मिथुन चक्रवर्तीले आगामी ४ जनवरीको दिन खरसाङको जनसभालाई सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ। दादा साहेब फाल्के पुरस्कार विजेता मिथुन चक्रवर्तीले ४ जनवरीको दिन खरसाङना भारतीय जनता पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्ने तय भएको छ। यस विषयमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद र जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले जानकारी गराए अनुसार आगामी 4 जनवरीको दिन बिहान १० बजीदेखि खरसाङको मोटर स्ट्याण्डमा हुने भाजपाको जनसभालाई सम्बोधन गर्ने भएका छन्। मिथुन चक्रवर्तीले उत्तर बङ्गालको पार्टीगत रुपमा पाँच दिने भ्रमणमा बिहीबार बागडोगरा आइपुगेका थिए। उनी सिलगढीमा एक रात बिताएर आज कुचबिहार गएका छन्। त्यसपछि ४ जनवरीको दिन खरसाङको मोटर स्ट्यान्डमा भारतीय जनता पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि चक्रवर्ती ५ जनवरी मुम्बई फर्कनेछन्।

About Author

Advertisement