गाडीधुरा भेटरेन ओपन नकआउट ब्याडमिन्टन टुर्नामेन्ट हुने

IMG-20260102-WA0089

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरा ब्याडमिन्टन क्लबको आयोजना आगमी १० अनि ११ जनवरीमा हुन गईरहेको भेटरेन ओपन नकआउट ब्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ। यसबारेमा जानकारी गराउन क्लबको पक्षबाट अनुप रामुदामुले पत्रकारहरुलाई सम्बोधन गर्दै बताए अनुसार यस प्रतियोगितामा सहभागीहरूले आफ्नो नाम दर्ता गराउने अन्तिम मिति 8 जनवरी २०२६ रहेको छ‌ यसको साथै यसको फिक्चर ९ जनवरी दिउँसो १२ बजी सार्वजनिक गरिने भएको जानकारी गराएका छन्। उनले यस विषयमा अधिक जानकारीको लागि क्लबका सदस्यहरूलाई सम्पर्क गर्ने पनि आग्रह गरेका छन्। यस प्रेस भेलामा क्लबको पक्षबाट कुनाल छेत्री, विशाल देवन, योगेन छेत्री, जीवन थापा, रमेश राई, अजय छेत्री आदि उपस्थित थिए।

About Author

Advertisement