सोरेङ: आज सोरेङ जिल्ला अन्तर्गत माबोङमा पशुधन सहायक केन्द्रको उद्घाटन विधायक सुनीता गजमेरले गरिन्। यस अवसरमा जिल्लापाल भीम ठटाल, एडीसी धीरज सुबेदी, पशुपालन विभागका जेडी डा. किशोर थापा आदि विशेष रूपमा उपस्थित थिए। मुख्य अतिथि विधायक गजमेरले केन्द्रको भ्रमण गरिन्। उनले स्थानीय २० लाभार्थीलाई बाख्रा वितरण गरिन् जिल्लापाल ठटालले पशुधन केन्द्रको उद्घाटनले स्थानीय समुदायलाई फाइदा पुग्ने बताए । यस केन्द्रको उद्घाटनपछि अब किसानहरू टाड़ा जानु पर्ने बाध्यताबाट छुटकारा पाउने छन् भनी उनले बताए।
जिल्लापाल ठटालले बाख्रा वितरण भारत सरकारको कृषि क्षेत्र उत्तर पूर्वी परिषदद्वारा प्रायोजित योजना रहेको जानकारी गराए। उनले आगामी दिनहरूमा माबोङका जनताको निम्ति अझ धेरै विकास योजनाहरू उपलब्ध गराइने बताए।










