माकपा नेता वासुदेव आचार्यको निधन

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः वरिष्ठ माकपा नेता एवं पूर्व सांसद वासुदेव आचार्य (८१ वर्ष) को सोमवार दिउॅंसो निधन भयो। उनी लामो समयदेखि उमेरजनित रोगहरूले पीड़ित थिए र गत केही दिनदेखि हैदराबादको एउटा निजी अस्पतालमा भर्ती थिए। सोमवार दिउॅंसो लगभग १२ बजी उनले अन्तिम सास लिए। उनको निधनको खबर पार्टीले सोशियल मिडियामार्फत दिएको छ।

वासुदेव आचार्य पुरुलिया जिल्ला अन्तर्गत आद्रा निवासी थिए। १९८० मा उनी पहिलोपल्ट सांसद बनेका थिए। उनी १९८० देखि २००९ सम्म बांकुडा लोकसभा क्षेत्रबाट सांसद थिए। उनी रेलवे स्थायी समितिका अध्यक्ष पनि थिए।

माकपा केन्द्रिय कमिटीका सदस्यसमेत रहिसकेका वासुदेव आचार्यले अन्तिम चुनाउ २०१४ मा लडेका थिए र उनलाई तृणमूल कांग्रेसकी उम्मेदवार मुनमुन सेनले हराएकी थिइन्। वासुदेव आचार्यले बिमारीका कारण बिस्तारै आफुलाई राजनीतिदेखि टाडा राख्न शुरू गरेका थिए।

-हिस

About Author

Advertisement