माउसेसको संयुक्त सभा रम्फूमा आयोजित

IMG-20230223-WA0298.jpg

गान्तोक: मानव उत्थान सेवा समिति र मानव सेवादलको संयुक्त सभा रम्फूस्थित श्री सुयश सत्संग धाम आश्रमको सत्संग हलमा सम्पन्न भयो। उत्तर पूर्वाञ्चल क्षेत्र अध्यक्ष महात्मा अदिना बाईजीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस सभालाई सम्बोधन गर्दै अदिना बाईजीले संगठनको माध्यमद्वारा देश, राज्य र गाउँ चल्ने बताइन्, तर संगठन छैन् भने घर पनि चल्न असम्भव बन्ने मन्तव्य व्यक्त गरिन् ।गुरुद्वारामा सेवा पर नहुने र सेवाको निम्ति आफैले खोज्नु पर्ने उनले सुझाउ दिएकी छन्। प्रत्येक कार्यकर्ता, प्रेमी, भक्तले आफ्नो क्षेत्रमा पर्ने तहसीलका सन्त-महात्माहरुलाई भरपुर सेवामा सहयोग पुयाउनु पर्ने उनले आग्रह गरेकी छन्। यसै क्रममा पूर्वाञ्चल क्षेत्रका प्रमुख सल्लाहकार गिरीश चन्द्र राईले सभालाई सम्बोधन गर्दै गुरुदरवार कल्पवृक्ष समान रहेको र यहाँ गरिन्छ त्यति नै फल प्राप्त गर्न सकिने बताए। प्रत्येक कार्यकर्ता, भक्तले कमसेकम एक घण्टा भजन सुमिरण ध्यान बस्नु हिन्दुस्थान समाचार पर्ने आग्रह गरे।

About Author

Advertisement