घर दैलो समापन कार्यक्रमलाई लिएर समन्वय बैठक सम्पन्न

IMG-20230223-WA0310.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युमा मोर्चा उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेलको सरकारी आवाशमा आज युवा समन्वय बैठक सम्पन्न भयो। उक्त बैठकमा आगामी ३ मार्चको दिन सम्पन्न हुने घर दैलो अभियानको समापन कार्यक्रमबारे चर्चा परिचर्चा भयो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले शुरु दगरेको महिनाव्यापी घर दैलो अभियानको समापन ३ मार्चको दिन रम्फूमा ठूलो जनभेला कार्यक्रममाझ सम्पन्न गरिने पार्टीले अगावै निर्णय लिएको छ। आजको सभामा उक्त कार्यक्रमबारे चर्चा परिचर्चा भयो भने कार्य क्रमसम्बन्धि सबैले आ-आफ्नो विचार राखे।

उक्त बैठकमा मन्त्री खरेल सहित, एसकेएम युवा मोर्चा अध्यक्ष लाक्पा मोक्तान, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा, राज्यस्तरीय युवा मोर्चा संयोजक सहदेव शर्मा, युवा मोर्चाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सोही सभाअवधि मन्त्री खरेलले वाहनहरूमा प्रयोग गरिने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा पनि सार्वजनिक गरे।

About Author

Advertisement