नयाँ दिल्ली: म्यानचेस्टर युनाइटेडले माइकल क्यारिकलाई आफ्नो स्थायी प्रमुख प्रशिक्षक पदमा नियुक्त गऱ्यो। यो सीजन ईंग्लिश प्रीमियर लिगमा म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा रहने निश्चित भएपछि त्यसकै पुरस्कारका रूपमा उनलाई यो जिम्मेवारी दिइएको हो। युनाइटेडद्वारा जारी बयानमा भनिएको छ, माइकल क्यारिकसँग हामीले मुख्य प्रशिक्षकका रूपमा नयाँ अनुबन्ध गरेका छौं र यो घोषणा गर्दा हामीलाई खुशी लागेको छ। गत जनवरीमा रुबेन एमोरिमलाई पदबाट हटाइएपछि ३३ वर्षीय युनाइटेडकै पूर्व खेलड़ीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। उनी आएपछि युनाइटेड फर्ममा देखिएको छ। क्लबले लगातार असल प्रदर्शन गर्दै अर्को सीजनको युरोपेली च्याम्पियन्स लीगका लागि पनि स्थान सुनिश्चित गरेको छ। क्यारिकले पनि आफ्नो प्रतिक्रियामा भनेका छन्, २० वर्ष अघि युनाइटेडमा आउँदा मैले असाधारण माहोल महसुस गरेको थिएँ। यही क्लबको जिम्मेवारी सम्हाल्नु मेरो लागि गर्वको उपलब्धि हो।एमोरिमलाई बर्खास्त गरिँदा युनाइटेडको स्थिति निकै दयनीय थियो। पोर्तुगलका प्रशिक्षकको रणनीतिमा खेलाड़ीहरूले खेल्नै सकेका थिएनन्। क्यारिकले खेलाड़ीका रूपमा युनाइटेडमा १२ वर्ष बिताएका थिए। यसक्रममा उनले पाँचपल्ट प्रीमियर लीग र एक-एक पल्ट च्याम्पियन्स लीग तथा एफए कप जितेका थिए।










