जलपाइगढी: पञ्चायत चुनाव अघि महिला तृणमूल कङ्ग्रेसले ‘गाउँ चलो’ अभियान सुरु गरेको छ। सोमबार, तृणमूल महिला कङ्ग्रेस, जलपाइगढी सहरको सदर नम्बर दुईले जलपाइगढी शहर नजिकै कालियागञ्ज क्षेत्रमा ‘गाउँ चलो’ कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रम मार्फत तृणमूल कङ्ग्रेसका महिला नेताहरूले गाउँ–गाउँमा गएर आम महिलालाई मुख्यमन्त्री ममता व्यानर्जीको विकास कार्यका बारेमा जानकारी गराउँदै आएका छन् । जलपाइगढी महिला तृणमूल महिला कङ्ग्रेस अध्यक्ष नूरजहान बेगमले भनिन् कि गाउँका महिलाहरू मुख्यमन्त्री ममता व्यानर्जीको विकासबाट धेरै खुसी छन्।










