प्रधानमन्त्री आवास योजनामा भएको भ्रष्टाचारको विरोधमा भाजपाकाे प्रदर्शन

IMG-20221219-WA0233.jpg

कुचबिहार: प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै, बीजेपीले कुचबिहारको ब्लक नम्बर १ को बीडीओ कार्यालयमा धर्ना दिए। भाजपाले आज बीडीओ अगाडि धर्ना प्रदर्शन गरेको छ। विरोध प्रदर्शनमा भाजपा जिल्ला अध्यक्ष सुकुमार राई लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । यस अवसरमा भाजपा जिल्ला अध्यक्ष सुकुमार राईले गरिबको नाममा घर नभएको तर तृणमूल पञ्चायत प्रधान र अन्य तृणमूल नेताहरूको नाममा प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरू बाँडिएको बताए। भाजपा कार्यकर्ताहरूको नाम अलग गरिएको छ। यस घटनाको विरोधमा बीजेपीद्वारा ब्लक नम्बर १ र कुचबिहारको माथाभांगामा विरोध प्रदर्शन गरेकाे छ।

About Author

Advertisement