महिलाहरूका निम्ति निःशुल्क बस यात्रा र ‘अन्नपूर्णा भण्डार’ योजनाको घोषणा

covid-19-lockdown-in-bihar_da3237fe-9ff9-11ea-88a1-96031f43cf2a

कोलकाता: राज्यमा सत्ता परिवर्तनपछि नयाँ सरकारले महिलाहरूका निम्ति दुईवटा ठूला जनकल्याणकारी योजनाको घोषणा गरेको छ। आउँदो १ जून २०२६ देखि राज्यमा ‘अन्नपूर्णा भण्डार’ योजना शुरु गरिनेछ। यस योजनाअन्तर्गत योग्य महिलाहरूका ब्याङ्क खातामा प्रत्येक महिना प्रत्यक्ष रूपमा ३ हजार रुपियाँ आर्थिक सहायता पठाइनेछ।
‎यसको साथसाथै आउँदो १ जूनदेखि राज्यका सबै सरकारी बसहरूमा महिलाहरूका निम्ति पूर्ण रूपमा निःशुल्क यात्रा सुविधा लागू गरिनेछ। सरकारको दाबी अनुसार यसबाट कामकाजी महिला, छात्रा तथा दैनिक यात्रा गर्ने लाखौं महिलाहरूलाई ठूलो राहत मिल्नेछ।
‎मुख्यमन्त्री शुभेन्दु अधिकारीले सबै विधायकहरूलाई आफ्ना-आफ्ना विधानसभा क्षेत्रमा यी योजनाहरूको व्यापक प्रचार गर्न निर्देशन दिएका छन्।
‎राज्य सरकारको भनाइ अनुसार महिलाहरूको आर्थिक आत्मनिर्भरता बढाउन र यात्रा खर्च कम गर्ने उद्देश्यले यी दुवै योजनाहरू लागू गर्न लागिएको हो।

About Author

Advertisement