महानदीदेखि सिविटार हुँदै शिवखोलासम्म पुग्ने रोड निर्माण राम्रो नभएको आईजीजेएफको आरोप

IMG-20260624-WA0100

काम सक्यो भनेर बोर्ड टाँसेको छ तर काम भने केही भएको छैन: भरत तामाङ

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको महानदीदेखि सिविटार हुँदै शिवखोलासम्म पुग्ने प्रधानमन्त्री ग्राम सडक परियोजनाको रोडको मरमत्तिको कार्य पूरा भएको भनेर बोर्ड लगाएको तर काम नभएको र सडकको अवस्था एकदमै सोचनीय रहेको ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका भरत तामाङले आरोप लगाएका छन्। आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोली र भरत तामाङले महानदीदेखि सिविटार हुँदै शिवखोलासम्म पुग्ने रोडको निरीक्षण भ्रमण गरेका छन्। यसावधि महानदीदेखि सिविटार र गिताङ्गे हुँदै शिवखोलासम्म पुग्ने रोडको निरीक्षण गर्दै एउटा भिडियोमार्फत्‌‌ भरत तामाङले यस रोडको अवस्था विषयमा बोलेका छन्। उनले यस रोड विषयमा आरोप लगाउँदै ९ जून २०२५ देखि काम शुरु भएर ५ जून २०२६ काम सकिएको भनेर बोर्ड लगाएको तर रोडको अवस्था हेर्दा रोड बनाएकोभन्दा बेसी भत्काएको जस्तो बेसी देखिएको बताएका छन्‌। उनले भर्खरै काम सकिएको भन्छ तर रोडको कम केही नभएको र रोडमा ड्रेन पनि एउटै नबनिएको बताएका छन्। तामाङले रोड बनाएको तीन महिना भयो भन्छ तर तीन महिनामा नै रोडमा गाडी कुद्ने अवस्था छैन भन्दै यस रोड विषयमा सम्बन्धित विभागले झट्टै सठीक तरिकाले जाँच गरिदिने माग गरेका छन्।

उनले यस रोड विषयमा ठेकदारलाई मात्र दोष दिन सकिन्दैन तर यस रोड रोड विषयमा सम्बन्धित विभागले छानबीन गर्नु पर्ने र जनताको असुविधालाई ध्यानमा राखेर काम गरिदिने निवेदन गरेका छन्। उनले आफुहरु साइटमा आएपछि नक्शा उदाङ्गो हुने बताएका छन्। तामाङले रोड पुरा भएको भनेर बोर्ड लगाएको छ तर काम भने भएको छैन भन्दै यो रोडमा फोर विल गाडी पनि कुद्नु कठिन भईरहेको बताएका छन्‌। उनले यस रोडको मरमत्ति सठीक रुपमा हुनु पर्ने र यस रोडको काम सही भएको नभएको सम्बन्धित विभागले झट्टै जाँच गर्नु पर्ने माग गरेका छन्।

About Author

Advertisement