गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको समन्वय सभा शनिबार मल्लीमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष गणेश कुमार राईको निवासमा उक्त सभा आयोजना गरिएको हो।
समष्टि अध्यक्ष अमर खुलालको अध्यक्षतामा बसेको सभामा पार्टीको आगामी रणनीति र स्थानीय सांगठनिक सुदृढीकरणबारे छलफल भएको जनाइएको छ।
सभामा स्थानीय स्वशासनका अध्यक्ष देवराज राई, महिला परिषद्की अध्यक्ष बिना शर्मा, जनजाति परिषद्की कोषाध्यक्ष सुष्मा तामाङ तथा मल्ली समष्टिका सचिव सुरेन तामाङ लगायत पार्टीका स्थानीय नेता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित नेताहरूले पार्टीको सिद्धान्त र जनसरोकारका मुद्दाहरूलाई तल्लो तहसम्म पुऱ्याउनुपर्नेमा जोड दिएका थिए।










