ब्यांकक: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ीले असाधारण प्रदर्शन गर्दै थाईल्याण्ड ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टमा पुरुष युगलको फाइनलमा प्रवेश गऱ्यो। सात्विक-चिरागको जोड़ीले शनिवार खेलिएको सेमिफाइनलमा मलेशियाका गोह जी फेई र नूर इजुद्दीनको जोड़ीलाई पराजित गऱ्यो। विश्वको चौथो नम्बरको सात्विक-चिरागको जोड़ीले यसअघि २०१९ रर २०२४-मा यहाँ खिताब जितेको थियो। शीर्ष वरीयता प्राप्त भारतीय जोड़ीले सेमिफाइनलमा विश्वको नवौं नम्बरको मलेशियाई जोड़ीविरुद्ध असाधारण प्रदर्शन गर्दै १९-२१, २२-२०, २१-१६-ले जीत हासिल गऱ्यो। म्याच ८२ मिनटसम्म चल्यो। यसको साथै सात्विक-चिरागको जो़डी तेस्रोपल्ट थाईल्याण्ड ओपनको फाइनलमा पुग्यो। यसरी जारी सीजनमा यस जोड़ीको यो कुनै पनि टुर्नामेण्टमा पहिलो फाइनल म्याच हुनेछ। यसबाहेक सात्विक-चिरागको जोड़ीले गोह जी फेई र नूर इजुद्दीनविरुद्ध जीत-हारको रेकर्ड पनि ८-२ पुऱ्यायो। यस मलेशियाई जोड़ीले गत वर्ष भारतीय जोड़ीलाई इण्डिया ओपन सुपर ७५० टुर्नामेण्टमा चाहिँ पराजित गरेको थियो। सात्विक-चिरागको जोड़ी फाइनलमा पुग्नु भारतको निम्ति ठूलो राहतको कुरा हो कारण शुक्रवार महिला एकल वर्गमा पीभी सिन्धू र पुरुष एकलमा लक्ष्य सेनले आ-आफ्नो क्वार्टर फाइनल म्याच गुमाएकी थिए। अब सम्पूर्ण देशवासीको नजर सात्विक-चिरागको जोड़ीमाथि रहनेछ। मलेशियाई जोड़ीले म्याचमा असल शुरुवात गर्दै ३-१-को बढ़त हासिल गऱ्यो तर सात्विक-चिरागले पनि चाँड़ै स्कोर ५-५-को बराबरीमा पुऱ्याए। पहिलो गेममा मलेशियाई जोड़ी ब्रेकसम्म ११-८-ले अघि रहेको थियो। चिरागको गल्तीले शटल नेटमा अल्झिँदा अन्तर बढ़्यो। त्यसपछि मलेशियाई जोड़ीले २१-१९-ले पहिलो गेम जित्यो। दोस्रो गेममा पनि दुई जोड़ीबीच प्रतिस्पर्धा भयो। यसैकारण स्कोर पहिला ३-३ अनि पछिबाट ६-६-को बराबरीमा रहेको थियो। भारतीय जोड़ीले चाँड़ै ९-६-को बढ़त हासिल गऱ्यो तर चिरागको एउटा रिटर्समा शटल नेटमा जाँदा बढ़त १०-९-को रहन पुग्यो। ब्रेकपछि स्कोर फेरि १३-१३-को बराबरीमा थियो। चिरागले भारतलाई १६-१४-को बढ़त दिलाए तर फेरि रिटर्न नेटमा जाँदा स्कोर १६-१६ भयो। त्यसपछि भारतीय जोड़ीले १९-१६-को बढ़त बनायो अनि एक समय स्कोर फेरि २०-२०-को बराबरीमा थियो। त्यसपछि इजुद्दीनको शट् वाइड जाँदा भारतले दोस्रो गेम जितेर म्याचमा पुनरागमन गऱ्यो। म्याचको तेस्रो तथा निर्णायक सेटमा भारतीय जोड़ी हावी रह्यो। मलेशियाई जोड़ीले लगातार प्रयास गरे पनि बढ़त हासिल गर्न सकेन अनि सात्विक-चिरागको जोड़ीले जीत हासिल गरी फाइनलमा स्थान पक्का गऱ्यो।










