६ अगस्तः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको पहिलो म्याचमा मर्माह एफसी-ले फ्रेण्ड्स एकाडमीलाई ४-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा तीनधारे एफसी-ले राई गाउँ, दुधेलाई १-०-ले पराजित गऱ्यो। यस यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










