खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायतको तीनधारे क्षेत्रमा रहेको संसद ५ अनि ५ का भीएसटी अनि भीसीटीका सदस्याहरुको अगवाईमा सर सफाई गरिएको छ। हालमा पर्यटकहरूका लागि आकर्षकको केन्द्र बिन्दु बनेको तीनधारे गोलाई पाखास्थित रेलवे कारखानाकोमुनि रहेको सडक परिसर सर सफाई गरिएको छ। साप्ताहिक सर सफाई कार्यक्रम अनुसार मरेलिया र डेंगु संक्रमणबाट बाँच्नलाई सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। यस सर सफाई कार्यको मुख्य उद्देश्य मलेरिया अनि डेंगुको प्रकोपबाट मुक्त राख्नु साथै सफा वातावरणको सृजना हेतु सफाइ गरिएको बताइएको छ।

यसको साथै विशेष गरी तीनधारेको मुख्य पर्यटन स्थल बनेको अनि गाउँवासीलाई पनि आफ्नो क्षेत्रलाई सफा राख्ने अनि मैला गर्न नदिने सुझाव दिइएको छ साथै यस क्षेत्रलाई पर्यटकीय स्थान बनाउन थप यहाँ आई लभ तीनधारे लेख्नु पर्ने जीटीएलाई सुझाव भीएसटी प्रतिमा लामाले बताएकी छन्।









