मन्त्री शर्माले गरे गेजिङ-बर्मेक निर्वाचन क्षेत्रको दुग्ध उत्पादन केन्द्रको निरीक्षण

IMG-20220909-WA0174.jpg

गान्तोक: राज्यका कृषि, वागवानी, पशुपालन तथा पशु चिकित्सा विभाग‌का मन्त्री लोकनाथ शर्माले केही दिनदेखि यता राज्यव्यापी दुध उत्पादन सहकारी संस्थाहरूको निरीक्षण गरिरहेका छन्। यसै क्रममा आज आफ्नो निर्वाचन क्षेत्र गेजिङ- बर्मेक क्षेत्र अन्तर्गत माथिल्लो बर्मेकको बुधबारे दुध उत्पादन सहकारी संस्थाको भ्रमण गरे।

यस भ्रमणको उद्देश्य भनेको विशेष गरेर सरकारद्वारा उपलब्ध गराएको विभिन्न योजनाहरू ग्वालाहरू समक्ष पुऱ्याउनु रहेको छ। सरकारद्वारा जारी गरिएको योजनाहरू दुध उत्पादन गर्ने ग्वालाहरूले उपभोग गरिरहेका छन् की छैनन् भनि बुझ्ने उद्देश्यले बिभिन्न दुध उत्पादन सहकारी संस्थाहरूको संञ्चालकहरूसंग जानकारी लिए।यसरी सरकारद्वारा प्रतिलिटर ८ रूपियाँ सहयोग राशी प्रदान गरेकोमा ग्वालाहरूले अत्यन्त खुशी साथै मुख्यमन्त्री प्रेम सिंह तामाङ साथै मन्त्री लोकनाथ शर्मालाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्।

ग्वालाहरूलाई आत्मा निर्भर बनाउन् सरकारले शुरू गरेको पहललाई कृषकहरूले सहर्ष स्वागत गरेका छन्।

About Author

Advertisement