गान्तोक: राज्यको परिवार एव परिवार कल्याण विभाग र साथीको संयुक्त पहलमा राष्ट्रीय मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत वल्ड सुसाइड प्रिभेन्सन डे- पालन गरियो। तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा एनएचएमका मिशन डायरेक्टर रहेका थिए। यसरी नै विभिन्न विभागका अधिकारीवर्गले पनि कार्यक्रममा भाग लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै डा. सीएस शर्माले आत्महत्या नियन्त्रण गर्नको निम्ति आवश्यक पहल र उपायबारे विस्तृतरूपमा जानकारी गराए।सोही प्रकारले सामाजिक कार्यकर्ता केसी निमाले अहिलेसम्म संस्थाले आत्महत्या सम्वन्धि गरेको विभिन्न प्रकारको पहल र गतिविधिबारे जानकारी गराए।









