मनीष सिसोदियाको जमानत याचिका खारेज

Deputy-chief-minister-Manish-Sisodia-HT-File-Phot_1677055828105_1682516104747.jpg

नयाँ दिल्ली: दिल्लीको राउज एवेन्यू कोर्टले दिल्ली आबकारी घोटाला मामिलाको मनी लन्ड्रिङसित जुड़ेको मामिलामा दिल्लीका पूर्व उप-मुख्यमन्त्री मनीष सिसोदियाको जमानत याचिका खारेज गरेको छ। स्पेशल जज एमके नागपालले यो फसेला सुनाए। कोर्टले १८ अप्रेलमा फसेला सुरक्षित राखेको थियो। सुनवाईमा ईडीले भनेको थियो, सिसोदिया मन्त्री समूहको मुखिया थिए र क्याबिनेटबारे उनलाई सबै जानकारी थियो। उनी आबकारी नीतिमा परिवर्तन गरिनुमा मुख्य भूमिकामा थिए। नीतिमा फायदा पुऱ्याउनका साटो घूस लिइयो। मन्त्री समूहको बैठकमा लाइसेन्स फीस र प्रफिट मार्जिनलई लिएर कुनै चर्चा भएन।

About Author

Advertisement