मतगणना तयारीलाई लिएर जिल्लापालले गरे बैठक

IMG-20240507-WA0289.jpg

गान्तोक: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले एक सभा आयोजना गरे। जिल्लापाल भरानी कुमारको अध्यक्षतामा बसेको सभामा अतिरिक्त जिल्लापाल सन्दीप कुमार, महकुमा अधिकारी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। गेजिङ जिल्लाको जिल्ला प्रशानिक केन्द्रमा सम्पन्न भएको सभामा विशेष गरेर गेजिङ जिल्ला अन्तर्गत पर्ने चारवटा निर्वाचन क्षेत्र जस्तै योक्सम टाशीडिङ, याङथाङ, मानेबुङ देन्ताम, गेजिङ बर्मेर र संघ सीटको निम्ति मतगणना तयारीबारे जानकारी गराइयो। आजको सभामा विशेष गरेर २ जूनको दिन सिक्किम विधान सभा सीटको निम्ति मतगणना हुनेछ भने ४ जूनको दिन लोकसभा सीटको निम्ति हुने भएकोले यसको तयारीबारे जानकारी गराउन सभाको आयोजना गरिएको हो। जिल्लापालले सबै नोडल अधिकारीहरूलाई मतगणनाको समयमा आफ्नो जिम्मेवारी र भूमिका इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने सुझाउ दिएका छन्। सोही प्रकारले आगामी १४-१५ मईको दिन माइक्रे अवजर्भर, सुपर भाइजर र एसिस्टेन्टहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताए।

..

About Author

Advertisement