नर्सेस वीक अन्तर्गत एसटीएनएम अस्पतालमा रक्तदान शिविर आयोजित

IMG-20240507-WA0285.jpg

गान्तोक: सिक्किम सरकारी नर्सेस कल्याण संघले नर्सेस वीक गत ५ मईदेखि ११ मईसम्म एसटीएनएम अस्पतालको परिसरमा विश्वव्यापी रूपमा नर्सहरूको असाधारण योगदानलाई मान्यता दिँदै वार्षिक उत्सव ‘नर्स सप्ताह’ मनाउँदैछ। विभिन्न कार्यक्रम सहित नर्सेस वीक पालन गर्ने क्रममा आज सोही अस्पतालमा हाम्रो नर्सेस, हाम्रै भविष्य, हेरचाहको आर्थिक शक्ति थिममा रक्तदान शिविर आयोजना गरेको जानकारी गराइएको छ। यस अवसरमा वाणिज्य एवम उद्योग विभाग, एसिस्टेन्ट नर्सिङ सुप्रिन्टेन्डेन्ट, स्टाफ नर्सेसले स्वेच्छाले रक्तदान गरे। सोही प्रकारले नर्सेस वीकको दोस्रो दिन एसटीएनएम लगायत प्राथमिक स्वास्थ्य केन्द्रहरूमा विभिन्न प्रकारको विरूवा रोपिने कार्य सम्पन्न भयो। यस वर्ष अन्तराष्ट्रीय नर्सेस वीकको थिम हाम्रै नर्सेस, हाम्रो भविष्य हेरचाहको आर्थिक शक्ति थिम रहेको थियो। गत ५ मईदेखि पालन गरिएको नर्सेस वीक आगामी ११ मईसम्म पालन गरिनेछ भने सोही दिन अन्तराष्ट्रीय नर्सेस दिवस पनि पालन गरिने भएको छ।

About Author

Advertisement