मङ्पूकी छोरी प्रार्थना गुरुङ भोइस अफ किडसको सेमी फाइनल राउण्डमा प्रवेश

00-1-IMG-20230501-WA0249

मङ्पू: दार्जीलिङ पहाडको मनोरम स्थल मङ्पूमा जन्मिएकी प्रार्थना गुरुङले हाल नेपालमा चलिरहेको भोइस अफ किड्समा टिम मिलनमा रहेर आफ्नो गायन कलाले सबलाई चकित पारिरहेकी छिन्। प्रार्थना सालबारी टेक्नो इण्डिया ग्रुप पब्लिक स्कुलमा छैटौं कक्षामा अध्ययनरत छिन्l उनले सिलगढीमा  गुरु बर्नाली बासुसँग सङ्गीतको तालिम लिइरहेकी छिन्। अघि बड्न चहाने सबै नानीहरुलाई प्रोत्साहन, साथ अनि सहयोग प्रदान गर्नु सचेत समाजको जिम्मेवारी हो यसैले भोइस अफ किड्समा सहभागी दार्जीलिङका सबै चिचिला कलाकारहरुलाई बधाई शुभकामनासहित प्रार्थना गुरुङलाई धेरै भन्दा धेरै भोट गरेर विजयी बनाइदिने प्रार्थना गुरुङको परिवार अनि बाँसुरी वादक हेमन्त थापाको पक्षबाट हार्दिक अनुरोध गरिएको छ।

About Author

Advertisement