कंग्रेसको पञ्चायतराज सम्मेलन सम्पन्न

06ef6ef2-067e-403f-ae96-207bd3ffd60c

कालचिनीः इन्डियन नेशनल कंग्रेस अलिपुरद्वार जिल्ला कमिटीको आयोजनामा सोमबार नई दिवसको उपलक्ष्यमा पञ्चायतराज सम्मेलन सम्पन्न भएको जानकारी कंग्रेस अलिपुरद्वार जिल्ला सभापति शान्तानु देवनाथले दिएका छन्। आगामी पञ्तायत चुनाउलाई ध्यानमा राखेर नै यो पञ्चायतराज सम्मेलनको आयोजना गरीएको र यस सम्मेलनमा पञ्चायत चुनाउको रणनीति तयार गरीएको र कंग्रेसको प्रार्थी छनौटबारे चर्चा भएको र यसमा ब्लक औ बूथ कमिटीले युवा युवतीहरूलाई तयार गर्ने पार्टीको लक्ष्य रहेको बताईएको छ।
उक्त अवसरमा कंग्रेसको पञ्चायत निर्वाचन कमिटीको चेयरम्यान तथा पूर्व विधायक नेपाल महत्तोको प्रमुख आतिथ्य रहेको थियो भने तिनको बाहुलीबाट दलीय झण्डा उत्तोलन साथै दीप प्रज्ज्वलित गरेर सम्मेलन शुरु गरीएको थियो। सम्मेलन शुरु गर्न अघि अलिपुरद्वार कलेज हल्ट स्थित कंग्रेसको पार्टी कार्यालयदेखि अलिपुरद्वार नगरपालिका भवनसम्म सानो ऱ्याली निकालिएको थियो भने सम्मेलन नगरपालिकाको प्रेक्षागृहमा सम्पन्न भएको थियो। आगामी पञ्तायत चुनाउमा मूलतः कंग्रेस समर्थक युवा युवतीहरुलाई नै पञ्चायत प्रार्थी बनाउने दिशामा काम गरीने र सबै आसनहरूमा कंग्रेसलाई विजयी बनाउने छलफल गरीएको पञ्चायत निर्वाचन कमिटीको चेयरम्यान नेपाल महत्तोले जनाएका छन्। प्रार्थी छनौटबारे जिल्ला कंग्रेसको सभापति शान्तानु देवनाथको नेतृत्वमा आगामी दिनमा पार्टीको भेलाले ठीक गर्ने बताईएको छ।

About Author

Advertisement