मङपु सेन्ट जोसेफ स्कुलमा रोबर्टिक क्लास तथा विद्यार्थीहरूलाई प्रशिक्षण शुरू

IMG_20230525_162602.jpg

मङ्पु: मङपुको शैक्षिक संस्थान सेन्ट जोसेफ स्कुलका नानीहरुलाई किताबी ज्ञानदेखि बाहिरको ज्ञान पनि अहिलेको समयमा हुनु जरूरी रहेको ठहर गर्दै स्कुलको फादर जे. पटेलको पहलमा रोबर्टिक क्लास शुरू गरेको छ। मङपू सेन्ट जोसेफ स्कुलका नानीहरुलाई तीन दिन रोबटिक क्लास गराइयो भने यस अवधि नानीहरुलाई स्मार्ट डस्बिन अनि रोबर्टिक कारहरू बनाउने प्रशिक्षण दिइयो प्राप्त जानकारी अनुसार कोलकताबाट आएका शिक्षक एक्सीड रोबटिक्स सौरभ कुमारले सेन्ट जोसेफ स्कुलका नानीहरुलाई १८ वटा ग्रुप बनाएर तीन दिन रोबर्टिक क्लासको प्रशिक्षण गराए, जसमा नानीहरुले ५९ सेकन्डमा रोबर्टिक गाडी बनाउन सक्षम भए वापत् विद्यालयका फादर जे. पटेलले नानीहररूलाई तिनीहररूले नै बनाएको रोबर्ट दिएर सम्मान जनाए ।फादर पटेलले दिएको जानकारी अनुसार दार्जिलिङ जिल्लाको तीन वटा विद्यालयहरी क्रमैले मङपु सेन्ट जोसेफ, दार्जिलिङको लोरेटो कन्भेन्ट र सेन्ट जोसेफ स्कुलमा रोबर्टिक क्लास भइरहेको छ भने यसले भविष्यमा नानीहरूले धेरै ज्ञान हासिल गर्न सक्नेछन्। वर्षमा चारपल्ट हुने प्रोजेक्टमा यस पल्ट विद्यालयका नानीहरुले स्मार्ट डस्बिन अनि एप द्वारा चल्ने रोबर्टिक कार बनाउन सिकेका छन्। यसैगरी, तेस्रो पल्ट ड्रोन कसरी प्रयोग गरिने अनि प्रन्टिङ बारेमा प्रोजेक्ट सिकाइने भएको बताइएको छ। मोठ १८ वटा समूहमध्ये छोटो समयमा एप को सहयोगमा रोबर्टिक गाडी बनाउन सफल भएका नानीहरुलाई फादर पटेलले स्मृति स्वरूप उपहार पनि प्रदान गरे। छोटो अवधिमा नै रोबर्टिक क्लास गराएर विभिन्न तालिम दिन सक्षम बनेकोमा विद्यालयका विद्यार्थीहरूले फादार जे. पटेल अनि प्रशिक्षक सौरभ कुमारप्रति आभार ब्यक्त गरेका छन्।

About Author

Advertisement