मंगन: फेसिलिटेसन सेन्टर टीम्स, पीभीसी टीम्स र होम भोटिङ टीमलाई लिएर मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा जिल्लापाल हेम कुमार छेत्रीले आफ्नो सम्बोधनमा सबै प्रशिणार्थीहरूले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्दै आगामी चुनाउलाई स्वतन्त्रता र निष्पक्ष ढङ्गमा सम्पन्न गराउनु पर्ने निर्देश दिए।
उनले प्रशिक्षार्थीहरूलाई लगनशील हुन र डाक मतपत्र र घरबाट भोटिङ गर्ने प्रक्रियाबारेमा कुनै प्रकारको शंका रहेको खण्डमा त्यसलाई हटाउनु पर्ने आग्रह गरे।
सोही प्रकारले जिल्लास्तरीय मास्टर ट्रेनर पाल्देन लाचुङपाले सहजीकरण केन्द्रको तयारी र कामका सम्बन्धमा टोलीलाई आफ्नो भूमिका र जिम्मेवारीबारे जानकारी गराए। मतदाताको गोपनियता सुनिश्चित गर्नुपर्नेबारे जोड दिँदै उनले सबै प्रक्रियामा मतदातालाई सचेत हुन आग्रह गरेका छन्। ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई घरबाट नै मतदान गर्न सक्ने सुविधा प्रदान गरिएको बताए।










