मंगन जिल्लाका बीएलओ सुपरभाइजरहरूले सम्हाले जिम्मेवारी

FB_IMG_1781807753247

मतदाता नामावली विशेष सघन पुनरीक्षण कार्य सुरु

मंगन: मंगन जिल्ला निर्वाचन अधिकारीको कार्यालयले जिल्लाका तीनवटा विधानसभा निर्वाचन क्षेत्रहरूमा मतदाता नामावली विशेष सघन पुनरीक्षण (एसआईआर), २०२६ का लागि विभिन्न विभागका आठ जना अधिकारीहरूलाई बुथ लेभल अफिसर (बीएलओ) सुपरभाइजरको रूपमा नियुक्त गरेको छ।
​यो नियुक्ति २९-कबी लुङचुक, ३०-जोङ्गु, र ३१-लाछेन मंगन विधानसभा क्षेत्रका लागि गरिएको हो। नवनियुक्त बीएलओ सुपरभाइजरहरूले बुथ लेभल अफिसरहरू (BLOs) का गतिविधिहरूको निरीक्षण तथा अनुगमन गर्नेछन् र सम्पूर्ण पुनरीक्षण कार्यभरि आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्नेछन्।
​सिक्किमका मुख्य निर्वाचन अधिकारीको निर्देशनानुसार, मतदाता नामावली विशेष सघन पुनरीक्षण, २०२६ को कार्यलाई सुचारु र समयमै सम्पन्न गर्नका लागि मंगन जिल्लाका सबै कार्यालय प्रमुखहरूलाई सम्बन्धित अधिकारीहरूलाई तत्काल कार्यमुक्त (रिलिभ) गर्न अनुरोध गरिएको थियो।
​यसै अनुरूप, मंगन जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका बीएलओ सुपरभाइजरहरूले आज, १८ जुन २०२६ देखि बीएलओहरूको कार्यको सुपरिवेक्षण गर्ने आफ्नो जिम्मेवारी सम्हाल्दै कार्य सुरु गरिसकेका छन्।

About Author

Advertisement