मंगनका पोलिङ अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240130-WA0226.jpg

मंगन: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति मंगन जिल्लाका मतदान अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। उक्त प्रशिक्षण कार्यक्रम जिल्ला पञ्चायत भवनमा सम्पन्न भएको थियो भने सैद्धातिक प्रशिक्षण जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न गरियो, जसमा ईभीएम र भीभीपीएटी मेसिनको सञ्चालनबारे प्रशिक्षण प्रदान गरियो।

सैद्धान्तिक प्रशिक्षण पीठासीन अधिकारीहरू र मतदान अधिकृतहरूलाई आगामी निर्वाचनका लागि निर्वाचन प्रक्रियाहरूमा आवश्यक ज्ञान र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। यस अवसरमा राज्यस्तरीय मुख्य प्रशिक्षक प्रेम कमल राई र छिरिङ नोर्गायल थिङ रहेका थिए।

कार्यक्रममा प्रशिक्षक जिग्मी वाङचुक भोटिया र पाल्देन लाचुङपाले ईभीएम सञ्चालनबारे जानकारी गराए। उक्त प्रशिक्षण कार्यक्रममा जिल्लापाल हेम कुमार छेत्री लगायत अन्य र अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement