हिल तृणमूल कांग्रेस र भागोप्रमोद्वारा मुख्यमन्त्रीको स्वागतको तयारी
खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि दार्जिलिङ पहाड़ आईरहेकी छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी चार दिनको भ्रमणमा दार्जिलिङ पहाड़ आईरहेकी छन्। उनको पहाड़ भ्रमण अन्तर्गक भोलि ११ नोभेम्बरको दिन कोलकोताबाट बाघडोगरा हवाई अड्डामार्फत् सिलगढी भएर रोहिणी रोडमार्फत् खरसाङ हुँदै दार्जिलिङ पुग्ने सम्भावना रहेको छ। मुख्यमन्त्री भोलि अपरान्ह्र ३-४ बजेको समय खरसाङ आईपुग्न सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। उनी भोलि ११ नोभेम्बरमा साँझ दार्जिलिङ पहाड़ आईपुग्ने र १२ नोभेम्बर दिउँसो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसित साथै विभिन्न विकास बोर्डका चेयरम्यानहरूसित बैठक बस्ने भएको छ। त्यसरी नै १३ नोभेम्बरको दिउँसो दार्जिलिङको चौरास्तामा मुख्यमन्त्रीद्वारा सरस मेलाको उदघाटन गरिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। १४ नोभेम्बरको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाडबाट फर्किने जानकारी प्राप्त भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड़ भ्रमणलाई लिएर पहाड़मा हिल तृणमूल कांग्रेस र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा स्वागतको तयारी गरिरहेका छन्। मुख्यमन्त्रीलाई पहाड़मा स्वागत जनाउन तृणमूल कंग्रेसको झण्डाहरू लगाउने कार्य गरिएको देखिएको छ। विशेष खरसाङमा मुख्यमन्त्री दिउँसो ३ देखि ४ बजेको समयमा आई पुग्न सक्ने देखिएको छ। मुख्यमन्त्रीको स्वागतमा खरसाङमा झण्डाहरू लगाउने कार्य साथै सर सफाई र प्याराप्याडहरू रंगाउने कार्य गरिएको देखिएको छ। यसको साथै खरसाङमा हिल तृणमूल कांग्रेस र भागोप्रमोद्वारा स्वागतको तयारी गरिरहेको छ। यस क्रममा मुख्यमन्त्रीलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले रोहिणी जिरो, खरसाङको मोटर स्ट्याण्ड र सोनादामा स्वागत जनाउने भएको जानकारी प्राप्त भएको छ।









