खरसाङ: खरसाङमा भारतीय जनता पार्टी महिला मोर्चाको सभा विभिन्न बुथहरुका महिलाहरुलाई लिएर सम्पन्न भएको छ। उक्त सभा भारतीय जनता पार्टीको खरसाङस्थित पार्टी कार्यालयमा महिला मोर्चाकी मण्डल सभापति दिपिका प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा विशेष गरेर मण्डल सभापति दिक्षा तामाङको उपस्थिति रहेको थियो। सभामा मण्डल अन्तर्गत पर्ने विभिन्न बुथहरुको सभापतिहरु र महिला मोर्चाको सभापतिहरु उपस्थित रहेका थिए। सभालाई मण्डल सभापति दिक्षा तामाङ र महिला मोर्चाको मण्डल सभापति दिपिका प्रधानले सम्बोधन गर्दै महिलाहरुलाई लिएर विभिन्न कामहरु गरिने साथै महिलाहरुको आय स्रोत बनाउन र स्वनिर्भर बनाउन विभिन्न पहलको साथमा काम गरिने जानकारी गराएका छन्। यसको साथै आगामी ७ अगस्तको दिन हेण्डलुम दिवस पालन गरिने भएको छ। यसको लागि पूर्ण रुपमा तयारी गरिने र महिलाहरुलाई लिएर अघि बढ्ने बताएका छन्। दुवैले बताए अनुसार हेण्डलुम दिवसको अवसरमा नै महिलाहरुलाई लिएर पर्यटन क्षेत्रमा पनि काम गर्न प्रोत्साहन गरिने र यसतर्फ पनि काम गरिने भएको जानकारी गराएका छन्। यसको लागि अवसरहरु सिर्जना गरिने र महिलाहरुलाई लिएर भाजपा पार्टीले काम गर्ने बताएका छन्।

यसको साथै महिलाहरुमा भएको निपुणतालाई लिएर अघि बढ्ने, भोकल फर लोकललाई लिएर काम गर्ने, महिलाहरुलाई स्वनिर्भर बनाउन काम गरिने, महिलाहरुको आय स्रोत बढाउन काम गरिने जस्ता विषयमा छलफल भएको जानकारी महिला मोर्चाको मण्डल सभापति दिपिका प्रधानले दिएकी छन्।








