भेटरन फूटबलः मनजीत इलेभेन च्याम्पियन

IMG-20230528-WA0312.jpg

२८ मईः फ्रेण्ड्स युनाइटेड र रोयल फूटबल क्लबको संयुक्त प्रयासमा आयोजित दुईदिने फ्रेण्डशीप कप भेटरन फूटबल टुर्नामेण्टमा मनजीत इलेभेन च्याम्पियन भयो। त्रिवेणी चौक नजिक खोलाचन्द फाप्री खेल मैदानमा आज खेलिएको फाइनलमा मनजीत इलेभेनले जलपाइगढ़ी भेटरन युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। फाइनलमा एकमात्र गोल बिनोद बान्तावाले छिराए। यसअघि पहिलो सेमिफाइनल म्याचमा जलपाइगढ़ी भेटरन युनाइटेडले रोयल फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो।

यसरी दोस्रो सेमिफाइनल म्याचमा मनजीत इलेभेनले नेपालको पूर्वाञ्चल भेटरनलाई १-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलअघि खोलाचन्द फाप्री फूटबल एकाडमी र सालुगढ़ा नेत्रबिन्दु संघको अण्डर-१४ टीमबीच मैत्री म्याच पनि खेलियो।

संक्षिप्तमाः
च्याम्पियनः मनजीत इलेभेन
रनरअप्ः जलपाइगढ़ी भेटरन युनाइटेड
प्लेयर अव् द टुर्नामेण्टः सन्दीप विश्वकर्मा (मनजीत इलेभेन)
प्लेयर अव् द म्याचः बिनोद बान्तावा (मनजीत इलेभेन)
बेस्ट गोलकीपरः उत्तम दास (जलपाइगढ़ी भेटरन युनाइटेड)
सीनियर मोस्ट प्लेयर अव् द टुर्नामेण्टः दीपू रोय (रोयल एफसी)
हाईएस्ट स्कोररः पी. सरकार (जलपाइगढ़ी भेटरन युनाइटेड)

About Author

Advertisement