भलिबलः दार्जीलिङ युनाइटेड बी र भलिबलर्स विजयी

photocollage_2023528214142428.jpg

२८ मईः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा आइतवार दुईवटा म्याच खेलियो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा आज खेलिएको पहिलो म्याचमा दार्जीलिङ युनाइटेड बी टीमले एस स्पाइकर्सलाई चार सेटमा ३-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा भलिबलर्स-ले स्टेनथल टीमलाई पाँच सेटमा ३-२-ले पराजित गऱ्यो। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ४ जूनमा खेलिनेछ।

About Author

Advertisement