भूतपूर्व सैनिक संगठन सोनादा शाखाद्वारा ७८औं स्वतन्त्रता दिवस समारोह सम्पन्न

IMG-20240816-WA0266

सोनादा: भूतपूर्व सैनिक संगठन सोनादा शाखाद्वारा ७८औं स्वतन्त्रता दिवस समारोह सोनादा रेलवे स्टेशन परिसरमा धुमधामसँग पालन गरियो। उक्त कार्यक्रमकाे सभापतित्वकाे भार भूतपूर्व सूबेदार मेजर धनकुमार थापा राईले लिएका थिए भने कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव धिरेन लामाले गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा स्कट मिशन निम्न बुनियादी पाठशाला सोनादाका भूतपूर्व प्रधान अध्यापक, सोनादा ग्रामीण पुस्तकालयका सचिव साथै सुर तरङ्ग संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधानको विशेष उपस्थिति रहेको थियो। उनी एक प्रखर समाजसेवी साथै सोनादा डिग्री कलेज, सोनादा उच्चतर माध्यमिक विद्यालयका संस्थापक सदस्य साथै उनी अन्य संघ संस्थाहरूमा पनि आबद्ध रहेका एक विशेष व्यक्तित्व हुन्। त्यसै गरी विशिष्ट अतिथिहरुमा दार्जिलिङ प्लान्टर्स अस्पतालका डाक्टर मुन्नु शेर्पा, सोनादा ग्रीन हिल उच्च माध्यमिक विद्यालयका प्रोप्राइटर टीटी शेर्पा, साथमा उक्त स्कूलका शिक्षक कुमार योञ्जन, सोनादा रेलवे स्टेशनका वर्तमान स्टेशन मास्टर लगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेका थिए। कार्यक्रममा सभापतिको आसन ग्रहण गरेपछि अतिथिहरूलाई माल्यापन गरिए गरेर कार्यक्रमको शुभारम्भ गरियो। स्वतन्त्रता दिवसको मुख्य आकर्षण भारतीय राष्ट्रिय झण्डा (तिरंगा झण्डा) उत्तोलनको साथमा भारतको राष्ट्रिय गीत गायनसित राष्ट्रिय झण्डालाई सलामी दिइयो। कार्यक्रमको अघिल्लो चरणमा स्वागत सम्बोधनको क्रममा सुवेदार मेजर रमेशकुमार राईले सबै उपस्थित सदस्य साथै अतिथिहरुलाई स्वागत सम्भाषणद्वारा स्वागत जनाइयो। यसै क्रममा भारत देशका शहीदहरूप्रति श्रध्दाञ्जली अर्पण गरियो अनि उनीहरूका चिर-आत्माको शान्तिको निम्ति एक मिनटको मौनधारण गरियो। कार्यक्रमको अघिल्लो चरणमा सबै दर्शक र श्रोताहरुमाझ डोमा शेर्पा र श्रेया राईले देशभक्ति गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरूप गोर्खे टोपी अनि दोसल्ला र अंग वस्त्र प्रदान गरी सम्मान जनाइएको थियो। वक्तव्यको क्रममा सुवेदार मेजर इपि सुब्बा साथै प्रमुख अतिथि देवकुमार प्रधानले कार्यक्रमलाई सम्बोधन गर्दै भारत स्वतन्त्रताको इतिहास साथै स्वतन्त्रताको उपलब्धि, भारत स्वतन्त्रता अनि अहिलेसम्मको क्रममा गोर्खा जातिको अस्तित्व र योगदान विषयमा सबैलाई जनाएका थिए। सुवेदर मेजर रमेशकुमार राईले कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्य साथै संगठनलाई पछिबाट सघाउ पुर्याउने क्षेत्रवासीहरुलाई धन्यवाद ज्ञापन गरे साथै कार्यक्रमका सभापति सुबेदार मेजर डीके थापाद्वारा कार्यक्रमको समापनको घोषणा गरेसँगै कार्यक्रम समापन गरियो।

About Author

Advertisement