फुलबारी महानन्द ब्यारेजबाट फेरि भेटियो अज्ञात शव

IMG-20240629-WA0057-copy-7

सिलगढी: सिलगढी नजिकै फुलबारी महानन्द ब्यारेजबाट आज एक शव फेला परेपछि सनसनी फैलिएको छ। फुलबारी महानन्द ब्यारेजको तालाबाट शव फेला परेको हो। व्यक्तिको पहिचान हुनसकेको छैन। महानन्द ब्यारेजमा शव तैरिरहेको केही स्थानीयले देखेको बताइएको छ। लगत्तै फंसिदवा पुलिस चौकीलाई खबर गरिएको थियो। पुलिसले आएर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ। यसैबीच, सिलगढी नगरपालिकाको वार्ड नम्बर २० का एक व्यक्ति बुधबार आफ्ना साथीहरूसँग बाहिर गएर बेपत्ता भएका छन्। शव बेपत्ताको हो वा होइन भन्नेबारे पुलिसले खोजी गरिरहेको छ।

About Author

Advertisement