खरसाङ: भुजेल समाज घुम्ती, महानदी, गिद्धपहाड शाखाको वार्षिक साधारण सभा समाजको अध्यक्ष महेन्द्र भुजेलको अध्यक्षतामा भुजेल समाज भवन घुम्ती चिया बगानमा सम्पन्न भएको छ। सभाको मुख्य उद्देश्य समाजको पुरानो कमिटीलाई विघटन गरी नयाँ कार्यकारिणी सदस्यहरूको चयन गर्नु रहेको थियो। सभामा समाजको हर हिसाबको फाँटवारी समाजको कोषाध्यक्षद्वारा बताउने कार्य अनि वर्तमान समाजको क्रियाकलापप्रति समाजको सदस्यहरुलाई प्रकाश पारिने कार्य गर्नु पनि सभाको उद्देश्य रहेको थियो। सभाको सञ्चालन समाजको सचिव निलेश खवासद्वारा गरिएको थियो भने समाजको अध्यक्ष साथै भुजेल कल्याण संगठन पश्चिम बंगालका सदस्य महेन्द्र भुजेल अनि कोषाध्यक्ष श्यामकुमार खवासद्वारा आजसम्म केन्द्रीय समितिद्वारा गरिएको विभिन्न कार्यहरूको विवरण उपस्थित सदस्यहरूमाझ अवगत गराएका थिए। सभामा पुरानो कमिटीलाई विघटन गरी सर्वसमितीद्वारा नयाँ कमिटीको चयन गरियो। चयन भएका प्रतिनिधिहरू क्रमैले सभापति महेन्द्र भुजेल, उो सभापति कर्णबहादुर भुजेल, सचिव श्यामकुमार खवास, सह सचिव निलेश खवास, कोषध्यक्ष प्रमेश भुजेल,सह कोषाध्यक्ष अर्जुन भुजेल, सल्लाहकारहरु अनि १० जनाको कार्यकारिणी सदस्यहरू पनि चयन गरिएको छ। सभामा उपस्थित सबै सदस्यहरुलाई सभापतिको निर्देश अनुसार समाजलाई अगाघि बढाएर लानुको निम्ति आ आफ्नो विचार प्रकट गरेका थिए। सेनाको अग्नि वीरमा चयन भएकोमा अंगत खवासलाई खदा लाएर स्वागत गरियो अनि उनको आउने दिनहरू सफल होस भनी शुभकामना व्यक्त गरियो।








