खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक र समीक्षा सभा घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले गरेका थिए। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव एवं सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, ट्रेड युनियन सल्लाहकार राजेन प्रधान, नारी शक्ति समष्टि सभापति निरा प्रधान, युवा शक्ति समष्टि सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई आदिले वक्तव्य राखेका थिए। सभामा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुका सभापति सचिवहरुले आफ्नो आफ्नो बुथको सांगठनिक गतिविधिहरु विषयमा जानकारी गराउँदै वक्तव्य राखेका थिए। सभामा पञ्चायत सदस्य सदस्याहरु र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुमा आगामी दिनमा सांगठनिक सभाहरु आयोजन गरिने निर्णय गरिएको छ। सभामा उपस्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरुले विगतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको साथमा रहेको र वर्तमानमा र भविष्यमा पनि उनको साथमा नै रहने भएको जानकारी गराएका छन्। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्।








