भारत-बांग्लादेश सीमान्त क्षेत्रका निवासीरूले जिल्लाधिकारीलाई सुम्पे ज्ञापन

IMG-20230408-WA0112.jpg

कुचबिहारः कुचबिहार मानव अधिकार सुरक्षा मञ्चको ब्यानरमुनि भारत-बांग्लादेश सीमान्त क्षेत्रका निवासीहरूले आफ्नो धेरै मागहरूलाई लिएर कूचबिहार जिल्लाधिकारीलाई ज्ञापन सुम्पेका छन्। ज्ञापनअघि मांगहरूको समर्थनमा जिल्लाधिकारी कार्यालय सामू एक सभाको माध्यमले समस्याहरूको त्वरित समाधानको माग लिएर आवाज उठाइयो।

यस अवसरमा कूचबिहार मानव अधिकार सुरक्षा मंचका सचिव कृति रायले भनिन्, सीमावर्ती क्षेत्रहरूका निवासीहरू मुख्य रूपमा खेतीपारी गरेर आफ्नो जीविक चलाउँछन् तर काँटे तारहरूको बाड़को कारण उनीहरूले आफ्नो जमीनमा राम्ररी खेता गर्न सकिरहेका छैनन्। त्यही, सामान्य जीवन जिउँनमा पनि धेरै किसिमको समस्याहरूको सामना गर्नपर्दछ। यी सबै समस्याहरूको समाधानको माग गर्दै आज कूचबिहार जिल्लाधिकारीलाई ज्ञापन सुम्पिएको छ।

About Author

Advertisement